काठमाडौं - मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ हलमा नै बस्ने छ ।