फेरी बढ्यो सुनको मूल्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५१ दिन अगाडि
फेरी बढ्यो सुनको मूल्य

काठमाडौं - सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

नेपाली बजारमा बितेको ६ दिनमा सुन तोलामा २ हजार रुपैयाँ बढेको छ । गत आइतबार तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन शुक्रबार कारोबार बन्द हुँदासम्म १ लाख १९ हजार ८०० रुपैयाँ कायम रहेको थियो । सोमबार १ लाख १७ हजार ८०० अर्थात आइतबारकै मूल्यमा कारोबार भएपनि भने मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै,बुधबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार हुँदा शुक्रबार भने १ लाख १९ हजार ८०० रुपैयाँ पुगेको हो ।  यसैबीच आइतबार १४५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १४८५ रुपैयाँमा कारोबार भएको छ ।