यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५० दिन अगाडि
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं -नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको  छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ ।  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।