‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ - राष्ट्रपति पौडेल 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६० दिन अगाडि
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ - राष्ट्रपति पौडेल 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना दिएका छन् ।

‘क्रिसमस डे’ का अवसरमा उनले पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन् ।राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । 

‘यस्ता चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’ उनको शुभकामना सन्देशमा उल्लेख छ । 
यस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सहयोग पुर्याउने उनको विश्वास छ ।