गीतकार डा. अधिकारीले राजेशको अभिनयमा ल्याए गीत [भिडियो]

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५७ दिन अगाडि
गीतकार डा. अधिकारीले राजेशको अभिनयमा ल्याए गीत [भिडियो]

काठमाडाै‌ -डा. रमिल अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

न्युजिल्यान्डमा रहेर विभिन्न क्षेत्रमा सक्रिय उनले आफ्नो शब्द, ज्ञानेन्द्र गिरीको संगीत, विशाल निरौलाको एरेन्जमा ‘हाम्रो जे भने नी तिमी’ बोलको गीत ल्याएका हुन् । यसमा बाल गायक सुप्रिम मल्ल ठकुरी र गायिका जास्पर देवापाटेले यसमा स्वर दिएका छन् । अभिनेता राजेश हमालसँग दुई बाल कलाकार एलेक्स खड्का र एभिलिना खड्कालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

क्रिसमसको अवसर पारेर सार्वजनिक गरिएको गीत र भिडियोमा बाबु र छोराछोरीबीचको सम्बन्धको कथा भनिएको छ । सन्तानको रेखदेखमा आमाको भूमिका बढी देखाइने गरेकामा यसपटक गीतकार डा. अधिकारीले बुवाको भूमिकालाई गीतमा प्रस्तुत गरेका छन् । गीत बुवाहरूप्रति समर्पित छ ।  गीतले दिन खोजेको सन्देश भने छोराछोरीलाई आमाबुवाले भन्दा धेरै माया संसारमा कसैले गर्दैन् भन्ने हो । प्रकाश धितालको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् । गीतकार डा. अधिकारीले यसअघि पनि केही गीत ल्याइसकेका छन् । सोमवार सार्वजनिक गीत उनको अफिसियल च्यानल ‘रमिल क्रियशन’मा हेर्न सकिन्छ ।