सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५८ दिन अगाडि
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।

गत आइतबार हेर्दाहेर्दैमा राखिएको मुद्दामा सुनुवाईका लागि पेसी तोकिएको छ ।  गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको छिनोफनो न्यायाधीश ढकालकै टेवलमा हुनेछ । 

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बसह गर्ने वकिलहरु धेरै भएकाले आज पनि अन्तिम फैसला आउने सम्भावना भने न्यून छ ।  सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ ।