रेखा थापाको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५५ दिन अगाडि
रेखा थापाको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक

काठमाडाै‌ -रेखा थापाको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा कलाकारहरू रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । यो गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द मुक्त उदासले रचना गरेका हुन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित फिल्म हो ।  फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री रेखा थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । यो फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।