सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो, आजै आदेश आउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५६ दिन अगाडि
सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो, आजै आदेश आउने

 काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै शुक्रबार आदेश आउनेछ। १६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।  यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।