फिल्म ‘ह्रस्वदीर्घ’ खेल्न काठमाडौं आइपुगे ‘गजनी’ भिलेन रावत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५४ दिन अगाडि
फिल्म ‘ह्रस्वदीर्घ’ खेल्न काठमाडौं आइपुगे ‘गजनी’ भिलेन रावत

काठमाडाै‌ -‘गजनी’ फ्रेम्ड चर्चित भारतीय अभिनेता प्रदीप रावत काठमाडौं आइपुगेका छन् ।

युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना जोडीको फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्न उनी काठमाडौं आएका हुन् ।  उनी चितवनमा भइरहेको फिल्मको छायांकन सेटमा सहभागी हुने निर्माण पक्षले जनाएको छ ।  फिल्ममा रावत अभिनेत्री ढुंगानाको बुवाको भूमिकामा अभिनय गर्नेछन् । ‘ह्रस्वदीर्घ’मा चलेका थुप्रै कलाकारहरू देखिँदैछन् । नेपाली फिल्मकी चर्चित अभिनेत्री विपना थापाले यही फिल्ममार्फत एक दशकपछि अभिनयमा कमब्याक गर्दैछिन् । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् ।