चलचित्र 'रक्तबीज'को निर्माण घोषणा, सम्पुर्ण छायांकन झापा र ईलाममा हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५४ दिन अगाडि
चलचित्र 'रक्तबीज'को निर्माण घोषणा, सम्पुर्ण छायांकन झापा र ईलाममा हुने

काठमाडौं -  निर्माता संजय न्यौपानेले नयाा सिनेमा 'रक्तबीज'को निर्माण घोषणा गरेको छन् ।

निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् । फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय करिअर थालेका थिए । फिल्मको छायांकन २०८१ सालको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकाको एलए ग्रुप र कमल खतिवडाको पनि लगानी हुनेछ । राम्रो टिम र पटकथा भएकाले फिल्ममा लगानी गर्न तयार रहेको निर्माता न्यौपानेले बताए । अभिनेता मल्लले लेखक भारद्वाजले आफूलाई यसअघि नै कथा सुनाएको र मन परेको बताए । अभिनेत्रीसहितका अन्य कलाकार भने चाँडै निधो हुने जनाइएको छ । ‘डार्क एक्सन’ जनरामा फिल्म बन्नेछ । फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूर्वी नेपालको इलाम र झापामा फिल्म छायांकन हुने जनाइएको छ ।