दक्षिण कोरिया- विपक्षी दलका नेता म्युङमाथि चक्कु प्रहार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४९ दिन अगाडि
दक्षिण कोरिया- विपक्षी दलका नेता म्युङमाथि चक्कु प्रहार

काठमाडौं - दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ ।
 

प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे–म्युङमाथि उनीमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको घाँटीको देब्रे भागमा चक्कु पैहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए ।