नयाँ कानूनको विरोधमा भारतका ट्रक चालक आन्दोलित, फलफूल र तरकारी महँगियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५२ दिन अगाडि
नयाँ कानूनको विरोधमा भारतका ट्रक चालक आन्दोलित, फलफूल र तरकारी महँगियो

 काठमाडाै‌ -केन्द्र सरकारले ल्याएको नयाँ कानूनको विरोधमा भारतका ट्रक चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

नयाँ कानूनको विरोधमा उनीहरूले सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।  उनीहरू ट्रक थन्क्याएर हडताल गरिरहेका छन् । जसका कारण विभिन्न राज्यमा पेट्रोल, डिजेल, तरकारीजस्ता अत्यावश्यक वस्तुको आवतजावत प्रभावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ट्रक नचलेपछि पम्पमा डिजेल र पेट्रोल अभाव भएको छ । फलफूल, तरकारी, दूध तथा कृषिजन्य वस्तुको आपूर्ति प्रभावित भएको छ ।  उनीहरूको आन्दोलनका कारण यातायात सेवा पनि प्रभावित भएको छ ।

पेट्रोल र डिजेलको अभावका कारण बस, ट्याक्सी र अटो सेवा पनि ठप्प हुने अवस्थामा पुगेको समाचारमा उल्लेख छ ।  केन्द्र सरकारले दुर्घटना भएमा ट्रक र बस चालकलाई १० वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुन बनाएको छ । त्यसको विरोधमा देशभरका ट्रक र बस सञ्चालकले हडताल गरेका हुन् । सरकारले कानुन फिर्ता नगरेसम्म सवारी साधन नचलाउने उनीहरूको चेतावनी छ ।