काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५१ दिन अगाडि
काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं -जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’