जापान भूकम्प (अपडेट) ः ७३ जनाको मृत्यु, १५ बेपत्ताको सूचीमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४७ दिन अगाडि
जापान भूकम्प (अपडेट) ः ७३ जनाको मृत्यु, १५ बेपत्ताको सूचीमा

काठमाडौं ।-पश्चिमी जापानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ । 

भूकम्पले भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंकामा उद्धारकर्मीले स्निफर कुकुरको सहयोगमा खोजीकार्य जारी राखेका छन् ।  अहिलेसम्म १५ जना आधिकारिक रूपमा बेपत्ता रहेको बताइएको छ ।  बुधबार इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि महसुस गरिएका परकम्पहरूमध्ये यो एक थियो । भूकम्पपछिको वर्षाले चिसो बढेको छ ।

 जसका कारण घरबारविहीन भएका मानिसले प्रकृतिको प्रकोपको सामना गरिरहेका छन् । वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेपछि उद्धारकर्मीलाई थप समस्या भइरहेको छ ।सोमबारको भूकम्पको केन्द्रविन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए ।  यस्तो विपद्मा विशेषगरी पहिलो ७२ घण्टा निकै महत्वपूर्ण हुने विज्ञहरू बताउँछन ।