विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टिमको विदाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४९ दिन अगाडि
विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टिमको विदाइ

काठमाडौं -      दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई विदाई गरेको  छ  । देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन् । नेपालले जनवरी २१ तारिखमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसअघि १३ र १६ तारिखमा स्कटल्याण्ड र वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ ।

विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का  सचिव टङकलाल घिसिङले अझैपनि नेपाली खेलाडीले प्राप्त गर्नुपर्ने सुविधा र खेलकुदमा लगानीको क्षेत्र व्यापक रुपले बढवा गर्नुपर्ने आवश्यक रहेको बताए । 
उनले खेलाडीहरुले खेललाई जसरी माथि पु¥याएका छन् त्यसले सिङ्गो राज्यलाई, खेलकुद क्षेत्रलाई प्राथमिकता दिन ठूलो तागत मिलेको टिप्पणी गरे ।  यू १९ विश्वकप क्रिकेट टोलीमा को को ? देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसनकुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।