मोटरसाइकल दुर्घटनामा एकजनाको मत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४९ दिन अगाडि
मोटरसाइकल दुर्घटनामा एकजनाको मत्यु

काठमाडाै‌-उदयपुरको त्रियुगा नगरपालिका–११ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०५–००१ प ७४३० नम्बरको मोटरसाइकल बिहिबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार स्थानीय चौधरी सिकिस्त घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक २२ बर्षीय ज्ञानेन्द्र मलाह घाइते भएका छन् । उनलाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर ल्याइएको छ ।