राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीको पदाधिकारी बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४७ दिन अगाडि
राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ - माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।

गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । ‘राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि बैठक बोलाइएको हो । गठबन्धनको बैठकपछि पदाधिकारी बैठक बस्छ’, उनले भने । शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो । तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ । नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।