आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३६ दिन अगाडि
आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट

काठमाडौँ -सुर्खेतको गुर्भाकोट नगरपालिका–२ स्थित चिसापानी कृषि तथा पशुपक्षी फारममा सिलिन्डरबाट ग्याँस लिक भई गएराति आगलागी हुँदा १ हजार ५ सय वटा बोईलर कुखुरा, २५ बोरा कुखुराको दाना गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यता बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँ बस्ने पुष्कर थलालको घरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।