तीन महिनापछि नम्रता फेसबुकमा लेख्छिन्- चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४४ दिन अगाडि
तीन महिनापछि नम्रता फेसबुकमा लेख्छिन्- चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ

काठमाडौं -अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय ‘मौन’ छिन् ।

तीन महिनाको अन्तरालपछि सोमबार बेलुका उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् जसले उनको ‘मुड’ दर्शाउँछ । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी छन् । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले लेखेकी छन् । उनले छनोट गरेको यो उद्धरणले यी अभिनेत्रीले पछिल्लो समय के सोचिरहेकी छिन् भन्ने दर्शाउँछ । उक्त फोटोमा नम्रता जिन्सको आउटरमा आकर्षक देखिएकी छिन् । फोटोको पृष्ठभूमिमा कुनै ताल देखिन्छ । उनले हालैको घुमघामको फोटो सेयर गरेको अनुमान गरिएको छ । नम्रताले पछिल्लोपटक १५ अक्टोबरमा दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेकी थिइन् । अन्तरालपछिको पोस्टमा फ्यानले प्रतिक्रिया जनाएका छन् । ‘सानो संसार’बाट फिल्म करिअर थालेकी नम्रताको पछिल्लो फिल्म ‘जाइरा’ थियो ।