चिसो बढेपछि विद्यालय बन्द

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४१ दिन अगाडि
चिसो बढेपछि विद्यालय बन्द

काठमाडाै‍-महोत्तरीमा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् ।

चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।  जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा, भंगहा, गौशाला, बर्दिबास नगरपालिकासहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् । जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन  प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेको बताए । उनका अनुसार बर्खे बिदाबाट कट्टा हुने गरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् ।