माघ ११ देखि नाटक 'मासिन्या' मञ्चन हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४१ दिन अगाडि
माघ ११ देखि नाटक 'मासिन्या' मञ्चन हुँदै

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक 'मासिन्या' मञ्चन हुने भएको छ । 

नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ ।  नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन् ।  नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाइ छ । उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौन्दर्य, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ ।

नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समूहको विश्वास छ । अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।