नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा रेशम चौधरी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४२ दिन अगाडि
नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा रेशम चौधरी

काठमाडौँ -पहिलो महाधिवेशनमार्फत रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व लिएका छन् ।

कैलालीको टिकापुरमा सम्पन्न महाधिवेशनमार्फत चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।  अध्यक्ष चुनिएका चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको  बताए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता चौधरी थिइन् । रेशमले आफू जेलमा रहँदा नै संरक्षक रहेर पार्टी गठन गरेका थिए । पार्टीको महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी थिए नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।  ०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो ।