‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३८ दिन अगाडि
‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर

 काठमाडाै‌ -अभिनेता विराज भट्टले होम प्रोडक्सनको फिल्ममार्फत छोरालाई नेपाली फिल्ममा डेब्यु गराउने भएका छन् । 

विराजले निर्माण एवं निर्देशन गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीरले डेब्यु गर्न लागेका हुन् । विराज स्वयंमले यो कुराको पुष्टि गरेका छन् । समीरले फिल्म डेब्युका लागि भारतको मुम्बईमा दशकदेखि अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् ।  विराजले फेसबुकमा छोराका दुई तस्वीरसमेत शेयर गरेका छन् । भारतीय फिल्मबाट अफर आए पनि विराजले छोरालाई नेपाली फिल्मबाटै डेब्यु गराउने चाहना राखेपछि ‘१२ गाउँ’ बाट डेब्यु तय भएको जनाइएको छ । नेपालीसँगै भोजपुरी फिल्ममा समेत निकै चलेका अभिनेता विराजले यसअघि फिल्म ‘साङ्लो’ निर्माण एवं निर्देशन गरेका थिए ।