शिव परियारको ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१४ दिन अगाडि
शिव परियारको ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक

काठमाडौँ -लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक भएको छ ।

गीतकार विमला तुलाचनको शब्द तथा  शङ्कर थापा ‘स्माइल’को सङ्गीत रहेको गतिमा विषम आचार्यको एरेन्ज छ । गीतको भिडियोमा भने मोडल एलिसा राई  र कृश गुरुङको अभिनय छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियामा प्रेम र बिछोडका पिडा देखाउन खोजिएको छ ।  मानकृष्ण महर्जनको छायाङ्कन, बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंगसंयोजन छ । गति गायक शिव परियारको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो ।