काठमाडाै-सर्लाही कारागार ११ वर्षपछि सञ्चालनमा आएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा जीर्ण बनेको भवन पुननिर्माणका क्रममा खाली गराइएको कारागार आइतबारबाट पुनः सञ्चालनमा आएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नवनिर्मित दुई तले भवनको उद्घाटन गरेसँगै थुनुवा कैदीवन्दी राखिएको छ । प्रहरी हिरासतमा रही अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका, अन्तिम फैसला भएकाहरुलाई यहाँ राखिएके हो । यसअघि रौतहट, महोत्तरी, सिन्धुली देखी मकवानपुरको भिमफेदी तथा सुनसरीको झुम्काका कारागारमा कैदीबन्दी राख्नुपर्ने बाध्यता थियो । मन्त्री श्रेष्ठले कारागारलाई सरकारले पुनर्स्थापना केन्द्र वा सुधारकेन्द्रको रुपमा विकास गर्ने अभियान सुरु गरेको बताए । उनले कारागार प्रशासनलाई कैदिबन्दीलाई सहज वातावरणमा सजाय काट्ने ब्यवस्था गरिदिन समेत निर्देशन दिएका थिए ।