धितोपत्र बोर्डको निमित्तका लागि अर्थमन्त्रालयले पठायो पत्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३२ दिन अगाडि
धितोपत्र बोर्डको निमित्तका लागि अर्थमन्त्रालयले पठायो पत्र

काठमाडौं - नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारीको लागि अर्थमन्त्रालयले पत्र पठाएको छ ।

आइतबार नाम नतोकी वरिष्ठ कार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिदै पत्र आएको बोर्ड स्रोतले जनाएको छ । मन्त्रालयबाट पत्र आएपछि चारजना कार्यकारी निर्देशकसहित व्यवस्थापक तहका कर्मचारीको बैठक बसेको छ । बैठकमा पहिलो वरीयताका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नै निमित्तको जिम्मेवारी लिने छलफल भएको बोर्ड स्रोतले जनाएको छ ।रमेश हमाल अध्यक्ष हुँदा उनले आफू बिदामा बस्दा निमित्तको जिम्मेवारी पाउँदै आएका विनयदेव आचार्यले नै डा. अधिकारीलाई जिम्मेवारी लिन भनेको स्रोतले जनाएको छ ।

आज सोमबार थप छलफल हुने र सोमबार नै सञ्चालक समितिको बैठक बस्नसक्ने बोर्डका एक अधिकारीले बताए ।सञ्चालक समितिले निमित्तको जिम्मेवारी पाउने अधिकारीले गर्ने जिम्मेवारी तोक्नेछ ।२० पुसमा कार्यकाल सकिएर अध्यक्ष रमेश हमाल बिदा भएसँगै बोर्डमा निमित्तको जिम्मेवारीसमेत नतोकिंदा दैनिक काम कारबाही नै प्रभावित बन्दै आएको थियो ।सरकारले बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थसचिव र एकजना विज्ञ सदस्य रहेको सिफारिस समिति बनाइसकेको छ । समिति अध्यक्ष छनोटको लागि आवश्यक कार्यविधि तर्जुमा गरेर अध्यक्षको लागि आवेदन माग गर्नेछ । सोही समितिले तीन जनाको नाम सिफारिस गरि मन्त्रिपरिषद्ले एक जना अध्यक्षमा नियुक्त गर्नेछ ।