टोरेसको ह्याट्रिकमा बार्सिलोना विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१० दिन अगाडि
टोरेसको ह्याट्रिकमा बार्सिलोना विजयी

काठमाडाै -फेरान टोरेसको ह्याट्रिकको मद्दतले रियल बेटिसलाई हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा रहेका दुई टोलीमाथि दबाब कायम राखेको छ ।

आइतबार राति भएको खेलमा बार्सा ४–२ गोलले विजयी बनेको हो । खेलको ४१ औँ मिनेटमा टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए । तर, इस्कोले ३ मिनेटको अन्तरमा दुई गोल गरेपछि बेटिस खेलमा फर्कियो । ९० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयमा टोरेसले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जीत सुनिश्चित गरे । २० खेलपछि बार्सिलोनाको ४४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको जिरोनाभन्दा ८ अङ्कले तथा दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ७ अङ्कले पछि रहेको छ ।