नेपाल प्रहरीसँग लियाम निसनको फाइट, यसरी हुँदैछ ‘आइसरोड २’ छायांकन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३१ दिन अगाडि
नेपाल प्रहरीसँग लियाम निसनको फाइट, यसरी हुँदैछ ‘आइसरोड २’ छायांकन

काठमाडौं - यतिबेला हलिउडको प्रतीक्षित फिल्म ‘आइसरोड २’को छायांकन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा चलिरहेको छ ।

खास कथा नेपालको भएपनि निर्माताले नेपालको जस्तै देखिने नक्कली सेट बनाएर अहिले फिल्मको छायांकन गरिरहेका छन् । यो एक्सन-एड्भेन्चर फिल्ममा लियाम नीसनको शीर्ष भूमिका छ । यसको मूल सेटिङ नेपालको कोदारी राजमार्ग आसपासको हो । बेलायती अखबार डेलीमेलले उक्त फिल्म छायांकनको सेटबाट ताजा तस्वीर सार्वजनिक गरेको छ । फोटोमा अभिनेता निसन नेपाल प्रहरीसँग घम्साघम्सीमा उत्रिएको देखिन्छ । दुरुस्तै नेपालजस्तो भेषभुषा, मेकअप र सेटिङ भएकाले पनि दर्शकलाई यो दृश्य नेपालकै हुनसक्छ भन्ने लाग्छ ।