नसोचेको सफलता हात पारेँ : मेनुका पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१५ दिन अगाडि
नसोचेको सफलता हात पारेँ : मेनुका पौडेल

काठमाडौं - गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन् ।

आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृहजिल्ला झापा पुगेकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् ।

उनले भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको बताइन् ।

उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताइन् । उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन् ।

बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको बताइन् ।

गायिका पौडेललाई सोमबार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए ।

उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गर्नु भएको थियो ।