दीपाश्री र किरणको अभिनयमा आयो ‘सिम्पल सिम्पल कान्छी २’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१२ दिन अगाडि
दीपाश्री र किरणको अभिनयमा आयो ‘सिम्पल सिम्पल कान्छी २’

काठमाडौँ - १५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ सार्वजनिक भएको छ ।                                          

जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीले संगीत एवम् एरेन्ज गरेका छन् । गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बालकलाकारहरु रियान खड्का र प्रनिता रोकायाको अभिनय छ ।  माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन छ ।