मेयर बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१० दिन अगाडि
मेयर बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच भेटवार्ता भएको छ । 

साम्पाङ काठमाडौँ आएको अवसरमा दुई स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचित जनप्रतिनिधिबिच भेटवार्ता भएको हो । साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरूबिच भेटवार्ता भएको जानकारी गराएका छन्। दुई मेयरबिच पछिल्लो समय घनिष्ठता बढेको छ भने साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् ।