ल्हाेसार तथा बुबा सम्मान कार्यक्रम २०८०को भब्य आयोजना गर्दै ताप्लेजुङ समाज नेपाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१० दिन अगाडि
ल्हाेसार तथा बुबा सम्मान कार्यक्रम २०८०को भब्य आयोजना गर्दै ताप्लेजुङ समाज नेपाल

काठमाडौ - ताप्लेजुङ समाज नेपाल काठमाडौले ल्हाेसार तथा बुबा सम्मान कार्यक्रम २०८०को आयोजना गर्ने भएको छ । संस्थाले ताप्लेजुङका ७० बर्ष माथिका २ सय १७ जना बुबाहरुलाई सम्मान गर्ने जनाएकाे हाे। ल्होसारको अवसर पारेर फागुन ५ गते शनिबार उक्त कार्यक्रमको आयोजना गर्न लागिएकाे ताप्लेजुङ समाज नेपालद्धारा मंगलबारआयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।

समाजका अनुसार ताप्लेजुङबाट काठमाडौं आएर बसोबास गरिरहेका बुबाहरु सम्मानित हुनु हुने छ । संस्थाका महासचिव देउमान विष्टका अनुसार सम्मानिन हुनुहुनेमा ७० बर्ष देखि १०२ बर्ष सम्मको बुबाहरु रहनु हुने छ । 

पत्रकार सम्मेलनमा ताप्लेजुङ समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश बरालले ३५ बटा विभिन्न संस्थाको सहयोगमा ताप्लेजुङको  मेलाकै रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिए। बरालका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ बजेट अनुमान गरिएकाे र मंगलबार सम्ममा  विभिन्न संघसंस्था तथा व्यक्तिहरुकाे सहयाेगमा ४ लाख ९३  हजार २ सय ८५ रुपैयाँ संकलन भइसकेकाे छ।  संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्वाहाम्फेले जिल्लाको विविध सांस्कृतिक झाँकी सहित हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा बौद्ध धर्मगुरु अवतारी लामा रिन्पोछे लामाकाे विशिष्ट अतिथ्यतामा सम्पन्न हुने कार्यक्रम भब्य हुने बताए ।

अध्यक्ष तुम्बाहाम्फेले सबै जिल्लाबासीहरुलाई ल्होसार तथा बुवा सम्मान कार्यक्रम तथा अन्य विविध कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नका साथै ताप्लेजुङ बासीहरुमा भाइचार विकासका लागि समेत आह्वान गरे । 

प्रेस विज्ञप्ति तथा कार्यक्रम तालिका