पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०९ दिन अगाडि
पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने

काठमाडाै‍ - पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

फागुन ९ देखि १६ गतेसम्म हुने प्रतिष्पर्धामा १२ टीम सहभागी हुनेछन् । १२ विद्यालयलाई ४ टीममा विभाजन गरेर लिग चरणका खेल खेलाउने र शीर्ष टोली सेमिफाइनल प्रवेश गर्ने आयोजकले जनाएको छ ।   विजेता र उपविजेतालाई क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र दिइन्छ । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि कीट दिइनेछ । बलर र ब्याटरलाई ५ हजार तथा उत्कृष्ट खेलाडीले ७ हजार ५ सय पाउने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । ‘कक्षा १२ सम्म देशले पाउने खेलाडी लुकेर बसेका छन् । यो प्रतिश्पर्धाले देशलाई चाहिने खेलाडी पाउछन्,’ उनले भने । प्रत्येक वर्ष प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।