एमाले सचिवालय बैठक ३ बजेका लागि तय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०९ दिन अगाडि
एमाले सचिवालय बैठक ३ बजेका लागि तय

काठमाडाै‌ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।  नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।  फागुन दोस्रो साता एमालेले केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी गरेको छ ।