भारतविरुद्ध इंग्ल्याण्ड - अश्विनले खेलको बिचमा आफ्नो नाम फिर्ता लिए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०७ दिन अगाडि
भारतविरुद्ध इंग्ल्याण्ड - अश्विनले खेलको बिचमा आफ्नो नाम फिर्ता लिए

 काठमाडाै‌ - स्पिन बलर रवीचन्द्रन अश्विनले इंग्ल्याण्डविरुद्धको राजकोट टेस्टबाट आफ्नो नाम फिर्ता लिएका छन् । 

परिवारमा मेडिकल इमर्जेन्सीका कारण अश्विनले तत्कालै आफ्नो नाम फिर्ता लिएका हुन् ।  बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाको ट्वीटमा अश्विनकी आमा बिरामी भएको खुलासा गरेका छन् । शुक्लाले आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । बीसीसीआईले ट्वीट गर्दै लेखेको छ, ‘यो गम्भीर अवस्थामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, टोलीका खेलाडी र कर्मचारीलगायत सबै सदस्यको अश्विन र उनको परिवारलाई पूर्ण समर्थन छ।

बोर्डले लेखेको छ, ‘भारतीय बोर्ड र टोलीले यस्तो अवस्थामा अश्विनलाई सबै सुविधा उपलब्ध गराउने छ । आवश्यक परे त्यसका लागि अश्विनसँग वार्ता जारी रहनेछ । बीसीसीआईले फ्यान र अन्यलाई खेलाडी र उनीहरूको परिवारको गोपनीयता कायम राख्न अपिल गरेको छ, किनकि उनीहरू अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेका छन्।’