नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, दिपेन्द्रको ‘कमब्याक’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०७ दिन अगाडि
नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, दिपेन्द्रको ‘कमब्याक’

काठमाडौं -आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ ।

टीयू क्रिकेट मैदानमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।  नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।  नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । आइएल टी–२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए । त्यस्तै देव खनाललाई पनि मौका दिइएको छ । 
यस्तो छ नेपालको प्लेइङ ११ ः 

रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी