केपी ‌ओली कप सुरू, मोबाइलबाट पानस बालेर उद्घाटन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०० दिन अगाडि
केपी ‌ओली कप सुरू, मोबाइलबाट पानस बालेर उद्घाटन

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छिन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन् । त्यस्तै उद्घाटन समारोहमा केपी ओली कप लेखिएको व्यानर ड्रोनको सहायतामा उडाइएको थियो । प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदै छ । युवा संघ नेपालले आयोजना गरेको र फागुन १९ सम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित १० टोली सहभागी छन् ।

दुई भारतीय क्लब दिल्ली एफसी र मानेभञ्ज्याङले पनि यस पटक केपी ओली कप खेल्दैछन् ।चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब, एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसी छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।