मिटरब्याज पीडितहरूलाई भृकुटीमण्डपबाट हटाउने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९७ दिन अगाडि
मिटरब्याज पीडितहरूलाई  भृकुटीमण्डपबाट हटाउने तयारी

काठमाडौँ - देशभरबाट न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूलाई काठमाडौँको भृकुटी मण्डपबाट हटाउने तयारी भएको छ ।

 समाज कल्याण परिषद्ले मिटरब्याज पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डप खाली गर्न प्रमुख जिल्ला अधिकारीमार्फत  प्रहरीलाई निर्देशन दिएपछि उनीहरूलाई हटाउने तयारी भएको हो । तर विकल्प बिना बसिरहेको स्थानबाट हटाउने स्थानीय प्रशासनको प्रयासप्रति पीडितहरूले विरोध गरेका छन् ।