एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९७ दिन अगाडि
एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडाै‌ -प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधि सभाको सोमबारको बैठक स्थगित भएको छ।

एमालेका सांसदहरूले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए। सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्‍त्रीले बर्खास्त गर्नुपर्ने बताएका थिए।

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए। सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित