घट्यो सुनचाँदीको भाउ 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८६ दिन अगाडि
घट्यो सुनचाँदीको भाउ 

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७  सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भएको चाँदीमा आज ५ रुपैयाँ गिरावट भएको हो ।