फुटबलको विकासको लागि वहस आवश्यक -सदस्य सचिव घिसिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९७ दिन अगाडि
फुटबलको विकासको लागि वहस आवश्यक -सदस्य सचिव घिसिङ

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर वहस गर्न आग्रह गरे । 

उनले भने,‘फुटबललाई गति दिन र विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक हुन्छ । बिभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरु सबैलाई हामीले फुटबलको विकासको लागि केन्द्रीकृत भएर छलफल गर्ने वहस गर्ने र यसलाई एउटा नयाँ उचाइमा पु¥यानका निमित्त लागि पर्न अनुरोध गर्दछु ।’  उनले नेपाली खेलकुदमा फुटबलको लोकप्रियता र व्यापकता  जुन उचाइमा छ त्यो अनुसारको अपेक्षा पनि हुने भन्दै सो अपेक्षलाई सम्बोधन गर्न सक्नेगरी कार्यक्रमहरु बनाउन जरुरी रहेको बताए ।