स्वास्थ्य मन्त्री बस्नेतले पेश गर्ने प्रस्ताव कार्यसूचीबाट हटाएपछि सुचारु भयो संसद्

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९७ दिन अगाडि
स्वास्थ्य मन्त्री बस्नेतले पेश गर्ने प्रस्ताव कार्यसूचीबाट हटाएपछि सुचारु भयो संसद्

काठमाडाै‌-स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले प्रस्ताव पेश गर्ने विषय संसद्‌को कार्यसूचीबाट हटाइएपछि प्रतिनिधि सभाको बैठक पुनस् सुचारु भएको छ ।

विवादमा परेका तीन मन्त्री प्रकाश ज्वाला, मोहन बस्नेत र सुदन किराँतीको राजीनामा माग गर्दै एमालेले सोमवारको पहिलो बैठक अवरुद्ध गरेको थियो । बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीको तेस्रो नम्बरमा रहेको विषय हटाइएको जानकारी गराए । सभामुख घिमिरेले प्रतिपक्षी दलले उठाएका विषयमा फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङसमेत गरेका छन् ।कार्यसूचीको तेस्रो नम्बरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत कार्यभार सम्हालेका स्वास्थ्य मन्त्री बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने थियो । 

एमालेले राजीनामा गरेको मन्त्रीले संसदमा प्रस्ताव पेश गर्न नमिल्ने भन्दै एमालेले विरोध जनाएको थियो ।  ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा छानबिन आयोगले दोषी ठहर्‍याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुदन किराँतीले राजीनामा गर्नुपर्ने एमालेले लगातार संसदमा उठाउँदै आएको थियो ।  सोमवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८१र०८२ का लागि बजेटका सिद्धान्त पेश गर्ने कार्यसूची छ । सोही कार्यसूचीका कारण एमाले संसद अवरोध खोल्न लचिलो बनेको हो ।