काठमाडौं- काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ ।
फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो ।
त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको हो । नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरुले प्रतिकार गरेका थिए । ‘नगर प्रहरीले एक्कासी बल प्रयेग गरेर दुःख दियो’ । फुटपाथ व्यवसायीहरूकाे गुनासो रहेको छ ।
नगर प्रहरी प्रमुख राजु पाण्डेले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि प्रतिकार गरेको र उक्त झडपमा मनोज लामिछानेसहित ७ जना नगर प्रहरी घाइते भएकाे पाण्डेले बताए ।