टी–२० क्रिकेट -नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९३ दिन अगाडि
टी–२० क्रिकेट -नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ ।

नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।  नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ । नेपाल र नामिबियाबीचको खेल विहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पाजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो । आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ । तर, आज जित निकालेमा शनिबार नेदरल्याण्ड्सविरुद्ध पनि जितकै प्रतिक्षा हुने छ ।  जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन् । फाइनल खेल मंगलबार हुने छ ।