९ बलमा १० रन बनाउँदै आउट भए कप्तान रोहित पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९३ दिन अगाडि
९ बलमा १० रन बनाउँदै आउट भए कप्तान रोहित पौडेल

काठमाडौँ - त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी नौ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका हुन् । ३.४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।