नामिबियाविरुद्ध ३ बल भित्र गुल्शन र अनिल आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९३ दिन अगाडि
नामिबियाविरुद्ध ३ बल भित्र गुल्शन र अनिल आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

 काठमाडौं - नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरु ३ बलमा नेपालले २ विकेट गुमाएको छ ।

यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गएको छ । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । गुल्शन आउट हुँदा नेपालको स्कोर ६४ रन छ ।

यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।