काठमाडौं - त्रिकोणात्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका कुशल मल्ल आउट भएका छन् ।
११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाएर उनी आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको छ ।यसअघि दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए ।ओपनर आरिफ शेख ४७ र कुशल भुर्तेल २० रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाए ।