उपाधिबाट चुक्यो नेपाल, फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले हार्‍यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८९ दिन अगाडि
उपाधिबाट चुक्यो नेपाल, फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले हार्‍यो

काठमाडौँ - त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मंगलबार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको हो ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।