राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८४ दिन अगाडि
राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं- राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको संघीय संसद् सचिवालयले जनाएको छ। सोमबार दिउँसो नै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका थिए। सोही अनुसार माओवादी केन्द्र नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मनोनितको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ।

नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।