काठमाडाै -नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनल खेलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडलेले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। लिग चरणबाट नेपाल शीर्ष तथा पिएनजी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन्।